२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले अब सडकबाटै सरकार सञ्चालन गर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय अगुवा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि उज्यालो नेपाल पार्टीले सडकबाटै आम जनताको सरकारका रूपमा काम गर्ने उल्लेख गरे। राष्ट्रियता, विद्यमान समस्या समाधान र समृद्धिको दिशामा देशलाई अघि बढाउन आफ्नो पार्टीले सशक्त भूमिका खेल्ने उनको भनाइ थियो।

अध्यक्ष घिसिङले भने, “हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ। सडकको सरकार उज्यालो नेपाल पार्टीको हुनेछ।”

उनले देशलाई सही बाटोमा लैजान सरकारलाई खबरदारी गर्ने काम पनि आफ्नो पार्टीको प्रतिबद्धता रहेको बताए। साथै, उज्यालो नेपाल पार्टी जनताको घरदैलोमा पुग्ने र आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा सशक्त राजनीतिक शक्तिका रूपमा उदय हुने जिकिर गरे।

अध्यक्ष घिसिङले प्रतिनिधिसभा निर्वाचनमा समय अभावका कारण आफ्नो पार्टीले हार व्यहोर्नुपरेको पनि बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय