२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

नेकपा (एमाले) मधेस प्रदेशका सांसद तथा डी एण्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्ध निर्देशक दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा मङ्गलवार उनलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

दीपेन्द्रकुमार ठाकुर, धनुषा क्षेत्र नम्बर ३(ख) बाट निर्वाचित सांसद र एमाले मधेस प्रदेश संसदीय दलका उपनेता हुन् । उनी माथि लागेको यो मुद्दासँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ । उनले अस्पताल निर्माणमा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको आरोप छ ।

यसैगरी, अख्तियारले औरही नगरपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसहित १७ जनाविरुद्ध पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । नगरपालिकाका कर्मचारीहरूलाई समेत प्रतिवादी बनाइएको छ । उनीहरूले अस्पताल निर्माणमा अनियमितता गरी सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अख्तियारको दाबी छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय