२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्।

मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई।’

भारतीय प्रधानमन्त्रीले बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको उल्लेख पनि गरेका छन्।

साथै मोदीले भनेका छन्, ‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्‍याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु।’

यो सन्देशले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय