२०८३ आश्विन १५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

जेनजी आन्दोलनमा भएको हिंसात्मक दमनको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ।

शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निजी निवासबाटै नियन्त्रणमा लिइएका ओलीलाई सुरुमा काठमाडौँ जिल्ला प्रहरी परिसरमा राखिएको थियो। त्यसपछि स्वास्थ्य अवस्था जाँच गर्न प्रहरीले उनलाई टिचिङ अस्पताल पुर्‍याएको हो।

अस्पतालमा ओलीलाई ‘रेड जोन’मा राखिएको छ। स्रोतका अनुसार उनलाई २७ नम्बर बेडमा भर्ना गरिएको हो। ‘रेड जोन’मा गम्भीर वा विशेष निगरानी आवश्यक पर्ने बिरामीहरूको उपचार गरिन्छ।

प्रहरीका अनुसार उनको स्वास्थ्य परीक्षण चिकित्सकको निगरानीमा भइरहेको छ। पक्राउपछि आवश्यक प्रक्रिया अनुसार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको बताइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय