२०८२ मंसिर २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रवि लामिछानेमाथि सरकारको धारणा खोज्दै रास्वपा | पाल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु ९ घाइते | सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै आज चार नयाँ अनुहार मन्त्री बन्दै | एमालेको महाधिवेशनलाई ध्यानमा राख्दै नागढुङ्गा मलेखु सडक दुई दिन खुला | धुर्मुसको स्पष्टीकरण : ‘भागेका होइनौँ, छोरीको उपचारका लागि अमेरिका आएका हौँ’ | रास्वपाले समानुपातिक नाम दर्ताको म्याद पुस ५ सम्म बढायो | जेन–जी आन्दोलनमा ८४ अर्ब क्षति, पुनर्निर्माणका लागि ३६ अर्ब बजेट आवश्यक | अर्थ मन्त्रालयको बदमासी कि प्राविधिक समस्या? मधेशको बजेट ‘फ्रीज’को वास्तविकता के हो? | जेनजी–सरकार सम्झौतामा दलहरूको शङ्का : वैधानिकता र कार्यान्वयनमै प्रश्न | विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा |

न्याय परिषद्को  आज बसेको वैठकले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को सिफारिसको पहिलो नम्बरमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल परेका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिसमा परेका छन् ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मङ्गलवार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो ।

सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेकोमा तीनजनाका लागि आज सिफारिस भएको हो । न्यायपरिषदका सदस्यहरु तीन दिनदेखि सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफलमा जुटेका थिए ।

अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् । वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन्  । पोखरेल कांग्रेस निकट कानून व्यवसायीको संस्था डीएलएबाट उम्मेदवार बनेर जितेका थिए । । उनी व्यावसायिक तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन् ।

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय