२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बालेनको कूटनीतिक शैली फेरिँदै : अब राजदूतहरूसँग ‘वान टु वान’ भेट ! | पहिरो, बाढी र कटानको चपेटामा राजमार्ग, सडक यात्रा जोखिमपूर्ण ! | ‘संघीयता र धर्मनिरपेक्षता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’– आङ्देम्बे | दसैँ लगत्तै सुरु हुँदै एनपीएल, तिहार पनि क्रिकेटकै माहोलमा | ७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध |

न्याय परिषद्को  आज बसेको वैठकले सर्वोच्च अदालतमा तीन जना न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को सिफारिसको पहिलो नम्बरमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल परेका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिसमा परेका छन् ।  प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मङ्गलवार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो ।

सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त रहेकोमा तीनजनाका लागि आज सिफारिस भएको हो । न्यायपरिषदका सदस्यहरु तीन दिनदेखि सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफलमा जुटेका थिए ।

अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् । वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन्  । पोखरेल कांग्रेस निकट कानून व्यवसायीको संस्था डीएलएबाट उम्मेदवार बनेर जितेका थिए । । उनी व्यावसायिक तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन् ।

 

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय