२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

आज मङ्गलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार बढेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक २५.०७ अङ्क बढेको छ । बजार बढेसँगै नेप्से २६७८.१७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.६८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अङ्क बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ६८ करोडको सेयर खरिदबिक्री भएको बजारमा मङ्गलवार ३११ स्टकको ८१ हजार ७३८ पटकको कारोबारमा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ३६ लाख ९७ हजार कित्ता सेयर  खरिदबिक्री भएको छ ।

मङ्गलवार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, समृद्धि फाइनान्सको सेयर मूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने जानकी फाइनान्सको सेयर मूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ६।१४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ४९ लाख ५३ हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिदबिक्री भएको छ । त्यस्तै, अरुण काबेली पावरको ५३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने राधी विद्युत कम्पनीको साढे ४६ करोडको सेयर किनबेच भएको छ।

मङ्गलवार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.१२ प्रतिशत बढेको छ । त्यसैगरी, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय