२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा, संसद् र कानुनी प्रक्रियासम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ब्रिज कोर्स र ट्युसन सेन्टर बन्द गर्ने निर्णयको कारण स्पष्ट पार्दै भनेका छन् ‘ कोचिङ सेन्टरले विद्यार्थीलाई तानातान गर्ने र मानसिक दबाबमा राख्ने भएकाले सरकारले यस्तो कदम चाल्नुपरेको हो’। उनले कक्षा ११ का विद्यार्थीको हितका लागि ब्रिज कोर्स बन्द गरिएको तर कक्षा १२ र उच्च तहका तयारी कक्षा (जस्तै एमबीबीएस, इन्जिनियरिङ)मा प्रतिबन्ध नलगाइएको बताए।

बैठकले संविधान संशोधन सम्बन्धी बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सदस्यहरू रहनेछन्। मन्त्री पोखरेलका अनुसार कार्यदल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा काम गर्नेछ र राष्ट्रिय सहमतिमा संविधान संशोधनका लागि बहसपत्र तयार गरिनेछ।

त्यसैगरी, मन्त्रिपरिषद्ले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। सरकारले भदौ २३–२४ गतेको घटनासम्बन्धी कानुनसम्मत कार्यान्वयन भइरहेको पनि पुष्टि गरेको छ। पोखरेलले भनेका छन्, “२४ गतेको घटनामा धेरै पक्राउ परिसकेका छन्, धेरैमाथि मुद्दा चलिसकेको छ। २३ गतेको घटनामा भने कुनै पक्राउ भएको थिएन। जाँचबुझ गर्न छुट्टै समिति गठन प्रक्रियामा छ र कानुनी परामर्श भइरहेको छ।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय