२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उनले सदियौँदेखि हुँदै आएको अन्याय र विभेदका लागि हात जोडेर माफी मागेका हुन्।

सम्बोधनका क्रममा उनले खगेन्द्र सुनारको प्रसंग उठाउँदै प्रश्न गरे, “गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे, तर सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ?”

उनले सरकारका तर्फबाट पनि दलित समुदायसँग सार्वजनिक रूपमा माफी मागे। “यो सरकार शताब्दियौँदेखि भएको विभेद, अन्याय र अत्याचारका लागि यो सदनबाट सामूहिक माफी माग्छ,” उनले भने।

लामिछानेले दलित समुदायले भोग्दै आएको विभेदलाई केवल अन्याय मात्र नभई संगठित अपराधको रूपमा व्याख्या गरे। साथै, उनले अब कुनै पनि नेपालीले जातका आधारमा अपमानित महसुस गर्न नपर्ने वातावरण बनाउनुपर्ने बताए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय