२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

गृहमन्त्री सुधन गुरुङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको आशय व्यक्त गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले ‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ’ भन्ने अभिव्यक्ति दिएका हुन्।

पछिल्लो समय गृहमन्त्रीको निर्देशनमा प्रहरीले विभिन्न ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान अघि बढाइरहेको छ। गुरुङ गृहमन्त्री नियुक्त भएकै रात पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो।

त्यसयता भ्रष्टाचारसँग सम्बन्धित घटनामा संलग्न राजनीतिक तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूलाई निरन्तर पक्राउ गर्ने क्रम जारी रहेको जनाइएको छ।

यस्तै, प्रहरीद्वारा गुन्डागर्दीमा संलग्न व्यक्तिहरूमाथि पनि नियमित कारबाही भइरहेको छ। गृहमन्त्रीको पछिल्लो अभिव्यक्ति यही सन्दर्भमा आएको बुझिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय