२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी दिँदै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने बताएका छन्।

हाजिरी जमानीमा बिहीबार हिरासतमुक्त भएका लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो रिहाइबारे जानकारी सार्वजनिक गर्दै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

उनले जेनजी आन्दोलनका घटनाबारे छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित भएको आरोपसमेत लगाएका छन्।

लेखकले लेखेका छन्, ‘गत भाद्र २३ र २४ गतेको घटनासम्बन्धी आयोगको प्रतिवेदनका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखिए पनि अन्ततः म रिहा भएको छु।’

उनले आफ्नो रिहाइका लागि आवाज उठाउने विभिन्न पक्ष न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, अधिकारकर्मी, राजनीतिक दल, नेता, शुभचिन्तक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।

साथै उनले सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दै आफू कानुन पालनामा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले बाँकी कानुनी तथा राजनीतिक लडाइँ जारी रहने स्पष्ट पारेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय