२०८३ असार १ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह | हेटौंडाबाट काठमाडौं सारिएको रास्वपा अधिवेशनमा आज निर्वाचन |

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली फिचर चलचित्र छनोट भएको छ। अविनाशविक्रम शाहले लेखन तथा निर्देशन गरेको ‘एलिफेन्ट्स इन द फग’ कान्सको मुख्य प्रतिस्पर्धात्मक विधा ‘अन सर्टेन रिगार्ड’मा छनोट भएको हो।

फिचर चलचित्रतर्फ यो पहिलो उपलब्धि भए पनि समग्र नेपाली चलचित्रका रूपमा भने यो दोस्रो पटक हो। यसअघि शाहकै सर्ट फिल्म ‘लोरी’ले सन् २०२२ मा कान्सको ७५औँ संस्करणमा ‘स्पेसल मेन्सन अवार्ड’ प्राप्त गरेको थियो।

‘एलिफेन्ट्स इन द फग’ नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायको संघर्षको कथामा आधारित छ। चलचित्रमा सोही समुदायका कलाकारहरूलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको छ।

फिल्ममा दीपिका यादव, पुष्पा थिङ, आकांक्षा कार्की, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरुङ, सञ्जय गुप्ता दुरा र महिमा नवबागलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्र ‘अन्डरग्राउन्ड टकिज नेपाल’का अनुप पौडेल निर्माता रहेका छन् भने जयन्ती क्रिएसन्सका तर्फबाट कुमुदिनी गुरुङ श्रेष्ठ, सोहम ढकाल र प्रचण्डमान श्रेष्ठ सह–निर्माता रहेका छन्। छायांकन नोए बाक र सिरिलले गरेका हुन् भने सम्पादन एन्ड्यु बर्ड र पेरिस बर्जनले गरेका छन्। फिल्मको ध्वनि, संगीत र अन्य प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय टिमको संलग्नता रहेको छ।

यो उपलब्धिले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहुँच र मौलिक कथाको शक्ति पुनः विश्वसामु प्रस्तुत गरेको छ। शाहले लेखेका ‘कालो पोथी’, ‘हाइवे’ र ‘तटिनी’ जस्ता फिल्म पनि विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भइसकेका छन्।

पछिल्ला वर्षहरूमा कान्स, बर्लिन, टोरन्टो, बुसान, भेनिस, लुकार्नो र सनडान्सजस्ता प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्महरूको उपस्थिति बढ्दै गएको छ। निर्देशक मीन भामको ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा पुगेको थियो भने नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो।

यस वर्षको कान्स फिल्म फेस्टिभल मे १२ देखि सुरु हुनेछ। उद्घाटन सत्रमा पियरे साल्भाडोरी निर्देशित ‘द इलेक्ट्रिक किस’ प्रदर्शन गरिनेछ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय