२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पित्तथैलीको शल्यक्रियाका लागि आज सोमबार अपरेसन थिएटरमा लगिएको छ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई शल्यक्रियाका लागि करिब आधा घण्टा अघि अपरेसन थिएटरमा लगिएको अस्पताल स्रोतले जनाएको छ।

ओलीको पित्तथैलीमा करिब २२ एमएमको ढुंगा रहेको बताइएको छ। चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको घटनापछि उनी पक्राउ परेका थिए। चैत १४ गतेदेखि उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए।

चैत २६ गते उनी हाजिरी जमानीमा रिहा भए पनि शल्यक्रियाका कारण अस्पतालमै बसेका हुन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय