२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले गठन गरेको समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी आफ्नो प्रतिवेदन पार्टीलाई बुझाएको छ।

कांग्रेसले वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको थियो। उक्त समितिले तयार पारेको ५२ पृष्ठको प्रतिवेदन आज पार्टीलाई हस्तान्तरण गरिएको हो।

प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक खनालले जेनजी आन्दोलनका क्रममा भदौ २३ गतेका घटनालाई बढी समेटिएको तर भदौ २४ गतेका घटनालाई पर्याप्त रूपमा समावेश नगरेको निष्कर्ष निकालेको बताए।

उनले भदौ २४ का घटनाबारे आयोगले समय अभावका कारण विस्तृत अध्ययन गर्न नसकेको भनाइप्रति असहमति जनाए। पटक–पटक म्याद थप गरिएको अवस्थामा पनि उक्त घटनाको विवरण नआउनु उपयुक्त नभएको उनको भनाइ छ।

समितिले भदौ २४ का घटनाबारे विस्तृत विवरण समेटेर आफ्नो प्रतिवेदन तयार पारेको जनाएको छ। यस आधारमा नेपाली कांग्रेसले आगामी दिनमा कार्की आयोगको प्रतिवेदनबारे आधिकारिक धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय