२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राजर्षिजनक विश्वविद्यालयमा प्रिन्टर मेसिन बिग्रिँदा बीएएलएलबी तेस्रो वर्ष पाँचौँ सेमेस्टरको परीक्षा स्थगित भएको छ। शुक्रबारका लागि तय गरिएको उक्त परीक्षा अन्तिम समयमा रोकिएको हो।

आन्तरिक मूल्यांकनअन्तर्गत ‘क्रिमनल प्राक्टिस ड्राफटिङ अफ क्रिमनल केस डकुमेन्ट’ विषयको परीक्षा तय गरिएको थियो। तर, व्यवस्थापन पक्षको कमजोरीका कारण परीक्षा सञ्चालन हुन नसकेको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्।

विद्यार्थी जयविन्दू मुखियाका अनुसार परीक्षा तालिका एक साताअघि सार्वजनिक गरिएको थियो र वैशाख ४ गते बिहान ७ बजेदेखि परीक्षा सुरु हुने भनिएको थियो। तर, तोकिएको समयमा पुगेका विद्यार्थीले प्रशासनमा कर्मचारी उपस्थित नभएको, प्रश्नपत्र तयार नभएको तथा उपस्थित कर्मचारीको व्यवहार गैरजिम्मेवार रहेको बताएका छन्।

उनले बिहान ८:४० बजेसम्म पर्खँदा पनि परीक्षा सुरु हुने संकेत नदेखिएपछि प्रशासनिक कार्यालयमा जानकारी लिन जाँदा स्पष्ट जवाफ नपाएको बताए। केही कर्मचारीले ‘हल्ला नगर्नु, यतिकै नम्बर दिइहाल्छु’ जस्ता प्रतिक्रिया दिएको उनको दाबी छ।

अन्य सेमेस्टरको परीक्षा भने ह्वाइट बोर्डमा प्रश्न लेखेर ढिलै भए पनि सञ्चालन गरिएको थियो। तर, पाँचौँ सेमेस्टरको परीक्षा अहिलेसम्म हुन सकेको छैन। यद्यपि, प्रशासनले भने विद्यार्थी उपस्थित भएको भन्दै हस्ताक्षर गराइसकेको बताइएको छ।

क्याम्पस प्रमुख डा. सन्तोष कर्णले प्राविधिक समस्याका कारण परीक्षा स्थगित गर्नुपरेको स्वीकार गरेका छन्। उनका अनुसार विश्वविद्यालयमा रहेका तीनवटै प्रिन्टर एकैपटक बिग्रिँदा समस्या उत्पन्न भएको हो।

उनले अन्य सेमेस्टरको परीक्षा वैकल्पिक रूपमा सञ्चालन गरिएको तर पाँचौँ सेमेस्टरको परीक्षा प्रयोगात्मक भएकाले तत्काल लिन नसकिएको बताए। उक्त परीक्षा पछि लिने तयारी भइरहेको पनि उनले जानकारी दिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय