२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

कांग्रेसले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गुरुङको साझेदारी देखिएको भन्दै छानबिनको माग अघि सारेको हो।

सोमबार पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग जोडिएको पछिल्लो विषयले राजनीतिक नैतिकता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ कि यस्तो अवस्थामा पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका स्वाभाविक हुने भएकाले छानबिन स्वतन्त्र, निष्पक्ष र प्रभावरहित हुनुपर्ने आवश्यकता रहेको छ।

कांग्रेसले सरकारसमक्ष गृहमन्त्रीसँग सम्बन्धित सबै आरोपमाथि तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरु गर्न माग गरेको छ।

साथै, यो विषयलाई ढिलाइ, प्रभाव वा ढाकछोपतर्फ लैजाने प्रयास भए सुशासन, नैतिकता र जनविश्वासमा गम्भीर असर पर्ने चेतावनी पनि कांग्रेसले दिएको छ।

विज्ञप्तिमा कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले मन्त्रीहरूको सम्पत्तिको स्रोतबारे उठेका प्रश्नलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्णय गरिसकेको उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय