२०८३ आश्विन १३ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताएका हुन्।

कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेलामा सहभागी हुन सुर्खेत पुगेका उनले विशेष सहुलियतसहित मूल्यवृद्धि घटाउने निर्णय लिनुपर्नेमा जोड दिए।

छिमेकी भारतमा इन्धनको मूल्य नबढाइएको उदाहरण दिँदै उनले नेपालमा पनि मूल्य नबढाउने विकल्पबारे सोच्न सरकारलाई सुझाव दिएका छन्। उनले नागरिकमाथि मूल्यवृद्धिको भार नथप्न सरकारलाई आग्रह गरेका छन्।

अर्को प्रसंगमा उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई काम गर्न अवसर दिनुपर्ने धारणा व्यक्त गरे। साथै, आफूहरूले सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

घिसिङले अघिल्लो निर्वाचनमा हतारमा चुनावमा जानुपरेकाले पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टी ठूलो शक्तिका रूपमा स्थापित हुने दाबी गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय