२०८३ बैशाख १० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सरकारको सुकुमवासी बस्ती हटाउने निर्देशन ‘अपरिपक्वता र राजनीतिक बेइमानी’ : जेनजी अगुवा रक्षा बम | यातायात व्यवसायीको अडान : विद्यार्थीलाई कार्ड छुट नदिने घोषणा | अमेरिकी उच्चस्तरीय भ्रमण जारी ट्रम्पका विशेष दूत गोर काठमाडौँ आउँदै | मिथ्या समाचारप्रति सरकार कडा, आधिकारिकता बिना सूचना नफैलाउन आग्रह | भ्रष्टाचार नियन्त्रणतर्फ कदम : सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम | सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले खोजिन् चार्टर्ड एकाउन्टेन्टहरूको साथ | सुधनको राजीनामापछि गृह मन्त्रालय खाली : अब को बन्ला गृहमन्त्री ? | दीपक भट्ट र सुलभ अग्रवाललाई अनुसन्धानका लागि सात दिन म्याद थप | ‘नैतिकता पदभन्दा ठूलो’ भन्दै गृहमन्त्री सुधन गुरुङको राजीनामा | सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५% छुट सहुलियत नदिए कारबाही हुने चेतावनी |

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि चार्टर्ड एकाउन्टेन्टहरूसँग छलफल गर्नु भएको छ ।

मन्त्री रावलले बुधबार मन्त्रालयमा सहकारी नियमनकारी निकायका पदाधिकारी सहित आइक्यानका पदाधिकारीहरूसँग सहकारी संस्थाहरूमा देखिएका अनियमितता, अपारदर्शिता र वित्तीय अनुशासनको अभावलाई सुधार गर्न छलफल गर्नु भएको हो ।

सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका लागि भूमिका निर्वाह गर्न मन्त्री रावलले आग्रह गर्नु भयो ।

मन्त्री रावलले सहकारी समस्या समाधानका लागि छलफल भइरहेको योजनामा सहयोग गर्न आग्रह गर्नु भयो । साथै मन्त्रालयले निकट भविष्यमै बचतकर्ताका रकम फिर्ता सुरु गर्न लागेकाले बचत फिर्ताको मोडालिटीका विषयमा समेत राय लिनु भएको थियो ।

छलफलमा सहभागी चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष निलबहादुर सारू मगर सहित सदस्यहरूले सहकारी क्षेत्रमा देखिएका चुनौती समाधान गर्न आफूहरू प्रतिबद्ध भएको उल्लेख गर्दै मन्त्रालयलाई आवश्यक सहयोग गर्न तयार भएको बताएका थिए ।

मन्त्री रावलसँग छलफलमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्मा, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य लगायतका पदाधिकारीहरु सहभागी थिए।

यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका तर्फबाट अध्यक्ष सारू मगर सहित सदस्यहरू आनन्दराज शर्मा वाग्ले, उमेशराज पाण्डे, अमन उप्रेती, हेमकुमार काफ्ले, हरिकुमार सिल्वाल, सुनिल देवकोटा, पीयुष आनन्द, भरतकुमार श्रेष्ठ, कलमणी लम्साल, प्रदिपकुमार यादव,कार्यकारी निर्देशक विमल डंगोल, निर्देशक किरणकुमार खत्री, सहनिर्देशक अस्मिता ढकाल सहभागी थिए ।

सरकारले पछिल्लो समय सहकारी क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सरोकारवालासँग छलफललाई तीव्रता दिएको छ। मन्त्री रावलको यो पहललाई सहकारी क्षेत्र सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेर्नुभएको छ ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय