२०८३ असार २ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाइने | संसद् भवन ढिलाइप्रति सभामुख आक्रोशित, ‘अब दैनिक १ करोड जरिवाना लाग्न सक्छ’ | पद्मा अर्यालको चुनौती– गिरीबन्धु, ओम्नी र वाइडबडीको फाइल खोल्नुस् | टेम्पो भीरमा खसालेको घटनाको सत्यतथ्य खोज्न पाँच सदस्यीय समिति | प्रहरीको व्यवहारप्रति हर्क साम्पाङको असन्तुष्टि, ‘नागरिकले सुरक्षा होइन त्रास महसुस गरिरहेका छन्’ | बजेटले दिएको भन्दा बढी लिएको छ : कांग्रेस सभापति गगन थापा | चर्चित सेफ सन्तोष साह किन परे हिरासतमा ? के हो मुद्दाको वास्तविकता ? | कैलालीमा टेम्पो भीरमा खसाल्ने कार्यमा संलग्न १० जना प्रहरी नियन्त्रणमा | संविधान संशोधनका लागि एमालेको कार्यदल सक्रिय : महेश बर्तौलालाई पाए जिम्मेवारी | विद्यालयमा खेलमैदान र खेल आधारित पाठ्यक्रम विकास गर्न मन्त्रालयको आग्रह |

माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच झडप भएको छ । घटना आज दिउँसो करिब १२ बजेतिर भएको हो ।

सुधन गुरुङको पुनर्वहालीको माग गर्दै शोभा पाठक, रस्मिला धामीलगायतका युवतीहरू माइतीघरमा धर्नामा बसिरहेका थिए । सोही क्रममा अम्बिका आफ्ना समर्थकसहित त्यहाँ पुगेपछि विवाद चर्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुवै पक्षबीच भनाभन बढ्दै जाँदा घम्साघम्सीको अवस्था सिर्जना भएको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गरी दुवैलाई छुट्याएको थियो ।

प्रहरीले अम्बिकासहित केही महिलालाई नियन्त्रणमा लिएर घटनास्थलबाट हटाएको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

शोभा पाठक यसअघि महेश बस्नेतमाथि कारबाहीको माग गर्दै अनशन बसेकी थिइन् । तत्कालीन गृहमन्त्री सुधन गुरुङ उनलाई भेट्न पुगेका थिए । गुरुङले राजीनामा दिएपछि पाठकले अनशन तोडेकी थिइन् । हाल उनी गुरुङको पुनर्वहालीको माग गर्दै धर्नामा बस्दै आएकी छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय