२०८३ आश्विन ११ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

साताको चौथो कारोबार दिन पनि सेयर बजारमा गिरावट देखिएको छ। निरन्तर घटिरहेको बजार बिहीबार भने एकल अंकको गिरावटमा सीमित रह्यो।

बिहीबार नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा झरेको छ। अघिल्लो दिन बुधबार पनि बजार २५.८१ अंकले घटेको थियो।

आज बजारमा एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता सेयर एक लाख ८० हजार ४२७ पटक किनबेच भएका छन्। कुल कारोबार रकम चार अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ।

अघिल्लो दिन चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको देखिएको छ।

आज ३४६ कम्पनीको सेयर कारोबार भएकोमा ९८ कम्पनीको मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ। १० कम्पनीको मूल्य स्थिर रहेको छ।

बजारमा सबैभन्दा धेरै कमाउने कम्पनीमा श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट, एसियन हाइड्रोपावर, रिभर फल्स पावर र एसवाई प्यानल नेपाल रहेका छन्।

त्यस्तै सबैभन्दा धेरै गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, माइखोला हाइड्रोपावर, नविल डिबेन्चर २०८७, एनआईसी एसिया ग्रोथ फन्ड–२ र सोलु हाइड्रोपावर रहेका छन्।

लगातारको गिरावटले सेयर बजारमा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय