२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

उद्यमी तथा व्यवसायीहरू भन्सार जाँचपास प्रक्रियामा सहभागी नभए पनि वीरगंज भन्सार कार्यालयले तीन दिनमै ठूलो परिमाणमा राजस्व सङ्कलन गरेको छ।

भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थलगायतका वस्तुको जाँचपास भइरहेकाले वैशाख १५ देखि १७ गतेसम्म करिब तीन अर्ब १५ करोड रुपैयाँ राजस्व उठाइएको हो।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वैशाख १५ गते ३५ करोड रुपैयाँ, वैशाख १६ गते एक अर्ब ९० करोड रुपैयाँ र वैशाख १७ गते ९० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

सरकारले आयात तथा निर्यात हुने सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेपछि उद्यमी–व्यवसायीहरूले वैशाख १५ गतेदेखि भन्सार जाँचपास प्रक्रियामा सहभागिता जनाएका छैनन्।

आयातकर्ता तथा निर्यातकर्ताले फाराम भर्ने, घोषणा गर्ने लगायतका प्रक्रियामा सहभागी नहुँदा भन्सार जाँचपासका अधिकांश काम प्रभावित भएका छन्। यद्यपि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी–फलफूलजन्य सामग्रीको जाँचपास भने जारी छ।

सूचना अधिकारी विष्टका अनुसार पेट्रोलियम पदार्थको निरन्तर जाँचपास भइरहेकाले नै राजस्व संकलन सम्भव भएको हो। उनले चौथो दिनसम्म पनि व्यवसायीहरू जाँचपास प्रक्रियामा नआएको जानकारी दिए।

वीरगंज भन्सार कार्यालयले सामान्य अवस्थामा दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व उठाउँदै आएको छ।

यसैबीच वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी कार्यान्वयनपछि भन्सार जाँचपास प्रक्रिया प्रभावित भएको बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय