२०८३ बैशाख १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सुकुम्बासी विस्थापनबारे एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई ‘ज्ञ’ क्रान्तिको खाका माग | त्रिविले १०० दिनमै परीक्षा नतिजा निकाल्ने, ३० वर्ष पुराना विद्यार्थीलाई पनि मौका | काठमाडौँ जोड्ने रेलमार्गमा चीन र भारतको चासो अध्ययन प्रतिवेदन अबको करिब डेढ महिनाभित्र | स्वयम्भू र बालाजुमा पनि बस्ती हटाउन डोजर परिचालन | सुरक्षित र समावेशी डिजिटल प्रणाली निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना | जाँचपासमा व्यवसायी नआए पनि दैनिक अर्बौं राजस्व उठाउँदै वीरगंज भन्सार | थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्दा हेर्न नसकेर महिला अचेत, वीर अस्पतालमा भर्ना | अन्तिम बलमा नेपालको रोमाञ्चक जित यूएई ६ रनले पराजित | बल्खुस्थित सुकुमवासी बस्ती हटाउने क्रममा “घर भत्किएको हेर्न सक्दिनँ” भन्दै निस्किएका व्यक्ति मृत फेला | बल्खुबाट सुरु भयो बस्ती हटाउने कार्य |

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित, विश्वसनीय, समावेशी र दिगो डिजिटल इकोसिस्टम निर्माण सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उनले सूचना प्रविधि अब विकल्प नभई सुशासन, सेवा प्रवाह, आर्थिक विकास र नागरिक सशक्तीकरणको आधारभूत आवश्यकता बनेको उल्लेख गरेका छन्।

मन्त्री तिमिल्सिनाले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सक्रिय उद्यमी, नवप्रवर्तक, प्राविधिक जनशक्ति, स्टार्टअप समुदाय, निजी क्षेत्र, अनुसन्धानकर्ता, विद्यार्थी र सरोकारवालालाई शुभकामना व्यक्त गरेका छन्।

उनका अनुसार सरकार ‘डिजिटल नेपाल’ को लक्ष्य कार्यान्वयन गर्दै सार्वजनिक सेवा प्रणालीलाई अझ सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा अघि बढिरहेको छ।

मन्त्रालयले दीर्घकालीन सूचना प्रविधि रणनीति निर्माण, डिजिटल सार्वजनिक पूर्वाधार विकास र नागरिक एपलाई सुदृढ बनाउने कामलाई प्राथमिकतामा राखेको उनले बताएका छन्। यसमार्फत नागरिकले आवश्यक सरकारी सेवा एउटै डिजिटल प्लेटफर्मबाट सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था विस्तार गरिँदैछ।

मन्त्री तिमिल्सिनाले नेपाललाई डिजिटल नवप्रवर्तन, सूचना प्रविधि सेवा, डेटा अर्थतन्त्र र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रीय केन्द्र बनाउने लक्ष्यका साथ राष्ट्रिय एआई नीति, साइबर सुरक्षा नीति तथा कानुनी र संस्थागत सुधारलाई तीव्रता दिइएको बताएका छन्।

देशभर उच्च गतिको ब्रडब्यान्ड इन्टरनेट विस्तार, सरकारी डाटा सेन्टर तथा डिजास्टर रिकभरी प्रणाली सुदृढीकरण, डिजिटल साक्षरता अभिवृद्धि र दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन घटाउनेतर्फ सरकार केन्द्रित रहेको उनको भनाइ छ।

साथै, सूचना प्रविधि क्षेत्रलाई रोजगारी सिर्जना, युवा प्रतिभा विकास, स्टार्टअप प्रवर्द्धन र अर्थतन्त्रको नयाँ वृद्धि इन्जिनका रूपमा विकास गर्ने लक्ष्य पनि लिइएको उनले उल्लेख गरेका छन्।

मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरण सरकारको मात्र प्रयासले सम्भव नहुने भन्दै निजी क्षेत्र, शैक्षिक संस्था, विकास साझेदार, सञ्चारमाध्यम र नागरिकको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले समृद्ध, आधुनिक र डिजिटल नेपाल निर्माणका लागि सबैलाई सहकार्य गर्न आह्वान गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय