२०८३ बैशाख १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाले आइतबार सचिवालय बैठक बोलायो | कांग्रेस संसदीय दलकानेता आङ्देम्बे र राष्ट्रपतिबीच भेट | सुकुम्बासी विस्थापनबारे एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई ‘ज्ञ’ क्रान्तिको खाका माग | त्रिविले १०० दिनमै परीक्षा नतिजा निकाल्ने, ३० वर्ष पुराना विद्यार्थीलाई पनि मौका | काठमाडौँ जोड्ने रेलमार्गमा चीन र भारतको चासो अध्ययन प्रतिवेदन अबको करिब डेढ महिनाभित्र | स्वयम्भू र बालाजुमा पनि बस्ती हटाउन डोजर परिचालन | सुरक्षित र समावेशी डिजिटल प्रणाली निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना | जाँचपासमा व्यवसायी नआए पनि दैनिक अर्बौं राजस्व उठाउँदै वीरगंज भन्सार | थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्दा हेर्न नसकेर महिला अचेत, वीर अस्पतालमा भर्ना | अन्तिम बलमा नेपालको रोमाञ्चक जित यूएई ६ रनले पराजित |

त्रिभुवन विश्वविद्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्ने भएको छ। परीक्षा प्रणालीलाई व्यवस्थित र समयमै नतिजा निकाल्ने उद्देश्यसहित विश्वविद्यालयले शैक्षिक सुधारको प्रक्रिया तीव्र बनाएको हो।

परीक्षा नियन्त्रण कार्यालयले अनियमित रूपमा ढिलाइ भएका परीक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ। कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार शैक्षिक पात्रो सुधार्ने उद्देश्यले महिनामा तीनदेखि चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन्।

पौडेलका अनुसार २०५३ सालदेखि बाँकी रहेका पुराना मौका परीक्षाहरू समेत आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसपछि साउनदेखि नयाँ शैक्षिक सत्रअन्तर्गत नियमित परीक्षा प्रणाली लागू गरिनेछ।

हाल वैशाख महिनामै स्नातक तहअन्तर्गत बीएएलएलबी दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष तथा बीटेक पहिलो र दोस्रो वर्षका परीक्षा सञ्चालन भइरहेका छन्।

असार महिनामा स्नातक तहका सबै संकायको चौथो वर्षको नियमित परीक्षा हुने तालिका तय गरिएको छ। हाल सञ्चालन भइरहेका परीक्षामा करिब एक लाख १५ हजार विद्यार्थी सहभागी भएका छन्।

परीक्षा नियन्त्रक पौडेलका अनुसार त्रिविले परीक्षाफल अधिकतम १०० दिनभित्र प्रकाशन गर्ने व्यवस्था पनि लागू गरिरहेको छ। साथै, ३० वर्षअघि छुटेका विद्यार्थीहरूलाई समेत मौका परीक्षा दिने अवसर प्रदान गर्ने तयारी गरिएको छ।

विश्वविद्यालयले पुरानो अव्यवस्थित परीक्षा प्रणालीलाई सुधार्दै शैक्षिक क्यालेन्डरलाई कडाइका साथ लागू गर्ने लक्ष्य राखेको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय