२०८३ बैशाख १९ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रास्वपाले आइतबार सचिवालय बैठक बोलायो | कांग्रेस संसदीय दलकानेता आङ्देम्बे र राष्ट्रपतिबीच भेट | सुकुम्बासी विस्थापनबारे एमाले महासचिव पोखरेलको प्रधानमन्त्री बालेनलाई ‘ज्ञ’ क्रान्तिको खाका माग | त्रिविले १०० दिनमै परीक्षा नतिजा निकाल्ने, ३० वर्ष पुराना विद्यार्थीलाई पनि मौका | काठमाडौँ जोड्ने रेलमार्गमा चीन र भारतको चासो अध्ययन प्रतिवेदन अबको करिब डेढ महिनाभित्र | स्वयम्भू र बालाजुमा पनि बस्ती हटाउन डोजर परिचालन | सुरक्षित र समावेशी डिजिटल प्रणाली निर्माण सरकारको प्राथमिकता : मन्त्री तिमिल्सिना | जाँचपासमा व्यवसायी नआए पनि दैनिक अर्बौं राजस्व उठाउँदै वीरगंज भन्सार | थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चल्दा हेर्न नसकेर महिला अचेत, वीर अस्पतालमा भर्ना | अन्तिम बलमा नेपालको रोमाञ्चक जित यूएई ६ रनले पराजित |

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विस्थापित सुकुम्बासीको पुनःस्थापनाका लागि ‘ज्ञ’ (ज्ञान) क्रान्तिको स्पष्ट खाका सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै तत्काल योजना प्रस्तुत गर्नुपर्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले बस्तीमा डोजर चलाएर हजारौँ नागरिक विस्थापित भएको अवस्थामा राज्यसँग स्पष्ट र व्यवस्थित पुनःस्थापना योजना आवश्यक रहेको उल्लेख गरेका हुन्।

उनले लेखेका छन्, “वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ भन्ने प्रधानमन्त्रीले आजको यो संकटमा कस्तो क्रान्तिकारी कदम चाल्दै हुनुहुन्छ? प्रभावित तथा असुरक्षित महसुस गरिरहेका नागरिकलाई स्पष्ट योजनासहित समयमै आश्वस्त पार्नुपर्ने होइन र?”

पोखरेलले विगतका विपद् व्यवस्थापनका उदाहरण पनि उल्लेख गरेका छन्। उनले २०७५ सालमा वारा–पर्सामा आएको भीषण आँधीपश्चात् सरकारको पुनःस्थापना प्रयासलाई सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार त्यसबेला हजारौँ घर क्षतिग्रस्त भए पनि छोटो समयमा आवास निर्माण गरी पीडितलाई पुनःस्थापित गरिएको थियो।

उनले अहिलेको अवस्थालाई फरक भएको भन्दै सरकार आफैंले सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौँलाई घरवारविहीन बनाएको आरोप लगाए। बर्खा आउनुअघि पुनःस्थापना नगरे गम्भीर मानवीय संकट उत्पन्न हुने चेतावनीसमेत दिएका छन्।

पोखरेलले अस्थायी सेल्टरहरूको अवस्था पनि दयनीय रहेको उल्लेख गर्दै त्यहाँ पुग्नेहरूलाई फोटो खिच्न समेत रोक लगाइएको दाबी गरेका छन्। उनले सरकारलाई तत्काल प्रभावकारी पुनःस्थापना योजना ल्याउन आग्रह गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय