२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

सर्वोच्च अदालतले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।

सरकारले विश्वविद्यालय क्षेत्रमा विद्यार्थी संगठनको गतिविधिमाथि रोक लगाउने निर्णय गरेपछि विभिन्न विद्यार्थी संगठनले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अदालतको आदेशसँगै सरकारको उक्त निर्णय तत्कालका लागि रोकिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय