२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डले परीक्षाफल इन्ट्री तथा रुजु गर्ने काम सकिएको जनाएको छ। कुनै प्राविधिक गडबडी नभए सोमबार नै नतिजा सार्वजनिक गरिने तयारी भइरहेको बोर्डका अधिकारीहरूले बताएका छन्।

यसअघि नै बोर्डले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको थियो। अहिले अन्तिम चरणको प्राविधिक तयारी भइरहेको जनाइएको छ।

बोर्डका एक उच्च अधिकारीका अनुसार सबै प्रक्रिया लगभग पूरा भइसकेको छ र प्रणाली परीक्षणको काम भइरहेको छ।

“कुनै प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ,” ती अधिकारीले बताएका छन्।

यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक हुने प्रतीक्षामा देशभरका विद्यार्थी तथा अभिभावक रहेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय