२०८३ श्रावण २४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
७ हजारमा ग्यास सिलिन्डर बेचेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ | कसरी छिरे ५२६ रोहिंग्या नेपाल ? | ढल्केवरको ट्रमा सेन्टर सार्ने विषयमा सरकारलाई रुलिङ | सम्पत्ति शुद्धीकरण मुद्दामा ८ वर्षपछि चक्रे मिलनले पाए सफाइ | चार महिनामै सर्पले टोकेर ५६ जनाको मृत्यु : बालबालिका जोखिममा ! | देशका विभिन्न सडक पहिरोले अवरुद्ध | रास्वपाले साउन २५ देखि ‘हामी सुन्छौँ’ अभियान सुरु गर्ने | धवल शम्शेर राणा र दुर्गा प्रसाईंले घोषणा गरे ‘जय नेपाल पार्टी | सोधपुछका लागि बोलाइएका अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका प्रतिनिधि समितिमा उपस्थित भएनन् | काठमाडौंबाट स्थानान्तरण गरिएका ५१ ‘सुकुमबासी’को जग्गा छ : मन्त्री प्रतिभा रावल |

राष्ट्रिय जेनजी–नागरिक अभियानले वर्तमान बालेन सरकार जनताप्रति क्रुर र निरंकुश बन्दै गएको आरोप लगाएको छ। अभियानले सरकारका गतिविधिमाथि निरन्तर निगरानी राख्ने चेतावनीसमेत दिएको छ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले सरकारले राष्ट्रिय स्वाधीनताका विषयमा मौनता अपनाएको तर जनतामाथि कठोर व्यवहार गरिरहेको आरोप लगाए।

उनले लिपुलेकजस्ता राष्ट्रिय मुद्दामा सरकार स्पष्ट रूपमा बोल्न नसकेको भन्दै आलोचना गरे। “राष्ट्रिय मुद्दामा सरकार मौन छ, तर जनतामाथि निरंकुश शैलीमा प्रस्तुत भइरहेको छ,” उनले भने।

अभियानका सह–संयोजक अजय सोडारीले संसद भवन र सिंहदरबारभित्र भएका घटनामा राज्य मौन बसेको तर सुकुम्बासी बस्तीमा डोजर चलाउन सरकार सक्रिय बनेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले वर्तमान सरकारमा “जोस बढी र होस कम” भएको टिप्पणी गर्दै विधिको शासन र कानुनी राज्यको उपहास भइरहेको आरोप लगाए।

अभियानका प्रवक्ता विर्जन विश्वकर्माले गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार पीडितलाई न्याय दिन सरकार असफल भएको दाबी गरे। उनले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न मागसमेत गरे।

सचिव प्रकाश बमले प्रधानन्यायाधीश, न्यायाधीश तथा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा योग्यता र प्रतिस्पर्धाको आधारलाई बेवास्ता गरिएको आरोप लगाए।

यस्तै, अभियानका सुनिल विकले भारतले कालापानी र लिपुलेक क्षेत्रबाट सेना नहटाए राष्ट्रिय मुक्तिको आन्दोलन आवश्यक पर्न सक्ने धारणा राखे।

सुशील बुढाथोकीले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाउनु अमानवीय र गैरकानुनी भएको बताए।

अभियानका जनम सिंहले सरकारको कूटनीतिक अपरिपक्वताका कारण राष्ट्रियता संकटमा परेको आरोपसमेत लगाए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय