
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हिंसात्मक घटनाको छानबिनका लागि माननीय लिली थापाको संयोजकत्वमा गठन गरिएको राष्ट्रिय मानवअधिकार आयोगको समितिले तयार पारेको प्रतिवेदन किन रोकिएको हो भन्ने प्रश्न उठाए।
उनले प्रतिवेदन रोक्नुको कारण र त्यसपछाडि कसको स्वार्थ रहेको छ भन्नेबारे संसद्ले जानकारी पाउनुपर्ने बताए।
सांसद केसीले भदौ २४ गते करिब १२ घण्टासम्म नेपाली जनता राज्यविहीनजस्तै बनेको उल्लेख गर्दै यस्तो घटना फेरि दोहोरिन नदिने प्रत्याभूति सरकारले दिनुपर्ने धारणा राखे।
उनले भने, “जनता अनाथ र टुहुरा बनेको अनुभूति गर्ने अवस्था सिर्जना भयो। अब यस्ता घटना दोहोरिन नदिन सरकार स्पष्ट हुनुपर्छ। प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलकपट गर्ने काम हुनु हुँदैन।”
उनले दुवै प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि माग गरे।
साथै, घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनसमेत अझै औपचारिक रूपमा सार्वजनिक नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
