२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्रतिनिधिसभामा प्ले कार्ड र पर्चासहितको विरोधको शैली नदेखाउन सांसदहरूलाई कडा निर्देशन दिएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्‍मै प्ले कार्ड देखाउँदै र छातीमा पर्चा टाँसेर विरोध जनाएपछि सभामुखले यस्तो शैली असंसदीय भएको भन्दै रोक्न आदेश गरेका हुन्।

बैठकको क्रममा सांसदहरूले सुरुमा प्ले कार्ड लिएर सभामुखको अगाडि गएर प्रदर्शन गरेका थिए भने पछि पर्चा छातीमा टाँसेरै बैठकमा सहभागी भएका थिए।

त्यसपछि सभामुख अर्यालले उक्त गतिविधिप्रति ध्यानाकर्षण गराउँदै संसद्‍को मर्यादा कायम राख्नुपर्ने आवश्यकता औंल्याए। उनले संसद् कानुन निर्माण गर्ने महत्वपूर्ण थलो भएको भन्दै विरोध पनि नियम र मर्यादाभित्र रहेर गर्नुपर्ने बताए।

सभामुखले स्पष्ट रूपमा भने, “विरोध गर्ने विभिन्न शैली हुन्छन्, तर ती सबै मर्यादाभित्र हुनुपर्छ। आगामी दिनमा यस्तो शैली नदोहोरियोस् भन्ने आदेशकै रूपमा जानकारी गराउँछु।”

उनले प्ले कार्ड र पर्चासहितको विरोध संसदीय अभ्यास र नियमावलीअनुसार स्वीकार्य नहुने भन्दै यसलाई असंसदीय व्यवहारको रूपमा व्याख्या गरे।

सभामुख अर्यालका अनुसार संसद्‍मा विरोध गर्ने अभ्यास भए पनि त्यसको सीमा हुनुपर्छ र मर्यादित तरिकाले मात्रै आवाज उठाउन पाइन्छ।

उनको आदेशपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरू भने छातीमा टाँसिएको पर्चासहित नै बैठकमा बसेका थिए।

यसअघि बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथिको जवाफ प्रक्रिया प्रति असन्तुष्टि जनाएका थिए। प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए।

संसद्‍मा नियमित रूपमा हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम पनि हालको संसदीय क्यालेन्डरमा समावेश नभएको बेला यस्तो विरोध गरिएको हो।

सभामुखको आदेशपछि संसद्‍मा विरोधको शैली, मर्यादा र अभ्यासबारे थप बहस सुरु भएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय