२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका छन्। मंगलबार बसेको समितिको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो।

अब समितिको अनुमोदनपछि उनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ। राष्ट्रपतिबाट नियुक्ति भएपछि उनले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन्।

मंगलबार बिहानदेखि बसेको संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल गरिएको थियो। समितिले उजुरीकर्तासँग पनि छलफल गरेको थियो भने प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग समेत प्रश्न–उत्तर गरेको थियो। त्यसपछि समितिले उनको नाम अनुमोदन गरेको हो।

गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। न्याय परिषद्ले पठाएको ६ जनाको सूचीमध्ये शर्मा चौथो वरियतामा थिए।

संवैधानिक परिषद्ले पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरियताका न्यायाधीश कुमार रेग्मी र तेस्रो वरियताका न्यायाधीश हरिप्रसाद फुयाँललाई छाडेर शर्मालाई सिफारिस गरेको थियो। सूचीमा न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पनि समावेश थियो।

डा. शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। यसअघि उनी २०७० जेठ २७ गते पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश बनेका थिए।

अस्थायी न्यायाधीशको व्यवस्था हटाइएपछि २०७४ मंसिर २६ गते उनी उच्च अदालतको अतिरिक्त न्यायाधीश पदबाट बाहिरिएका थिए। त्यस अवधिमा उनले पुनरावेदन अदालत बुटवल र पाटनमा न्याय सम्पादन गरेका थिए।

पर्सामा २०२७ असार ४ गते जन्मिएका शर्मा २०९२ असार ३ गते ६५ वर्ष पुग्नेछन्। प्रधानन्यायाधीशको कार्यकाल ६ वर्ष रहने संवैधानिक व्यवस्था छ। त्यसअनुसार उनी २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्वमा रहनेछन्।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका शर्माले भारतको पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट श्रमसम्बन्धी कानुनमा विद्यावारिधिसमेत गरेका छन्।

२०४७ सालपछि कुनै पनि प्रधानन्यायाधीशले पूरा ६ वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्। अधिकांश प्रधानन्यायाधीश उमेर हदका कारण कार्यकाल सकिनुअघि नै अवकाश भएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय