२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

पुनर्गठनसँगै विभिन्न मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै अर्थ मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

यस्तै, जङ्गीलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने जवाहरलाल कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मा तोकिएको छ।

त्यसैगरी कनिश पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, शंकरप्रसाद चौधरी वन तथा वातावरण मन्त्रालय तथा श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका छन्।

फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महम्मद समिरलाई बिनाविभागीय मन्त्री बनाइएको छ।

बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय