२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाएको छ।

यातायात व्यवस्था विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालय र स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी दर्ता नगर्न निर्देशन दिएको हो।

विभागका अनुसार सार्वजनिक यातायात प्रणालीको वैज्ञानिक व्यवस्थापन नहुँदा वायु प्रदूषण बढ्दै गएको, सडकमा सवारीसाधनको अत्यधिक चाप देखिएको र ट्राफिक जामका कारण आवतजावतमा कठिनाइ बढेको अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा १४ को उपदफा (३) ले वातावरणीय प्रदूषण, सवारी चाप, सडक अवस्थाको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित कारण देखाएर सवारीसाधनको दर्ता रोक्न सकिने व्यवस्था गरेको छ।

सोही कानुनी प्रावधानअनुसार सार्वजनिक सवारीसाधन, विद्युतीय सार्वजनिक सवारीसाधन समेतको नयाँ दर्ता तत्कालका लागि रोकिएको विभागले जनाएको छ।

विभागले सबै प्रदेश र स्थानीय तहलाई उक्त निर्देशन कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय