२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा नेपालको वैदेशिक व्यापार १९ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म कुल १९ खर्ब ४१ अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.९२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो।

यस अवधिमा नेपालले १४ खर्ब ४३ अर्ब ६७ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। गत वर्षको यही अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

विभागका अनुसार चालू आवको दश महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो वर्षको तुलनामा १४.८२ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात भएको थियो।

यता, निर्याततर्फ भने नेपालबाट दुई खर्ब ४८ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा विदेश पठाइएको छ। निर्यात पनि अघिल्लो वर्षको तुलनामा १४.२५ प्रतिशतले बढेको भए पनि आयातको तुलनामा निकै कम रहेको देखिएको छ। गत वर्ष यही अवधिमा दुई खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।

आयात र निर्यातबीचको ठूलो अन्तरका कारण नेपालको व्यापार घाटा लगातार बढ्दै गएको देखिएको छ। आर्थिक गतिविधि बढेसँगै आयात उच्च दरमा बढे पनि उत्पादन र निर्यात विस्तार अपेक्षाअनुसार हुन नसक्दा व्यापार असन्तुलन झन् गहिरिँदै गएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय