२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

कैलालीको टीकापुरमा नियमित दौडका क्रममा सात जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन्।

सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा शुक्रबार बिहान नियमित प्रशिक्षण अन्तर्गत दौड गरिरहेका बेला उनीहरू बेहोस भएका हुन्।

बिहान करिब ६ बजेतिर घटना भएपछि बेहोस भएका सातै जनालाई तत्काल उपचारका लागि टीकापुर अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरी स्रोतका अनुसार अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएपछि जवानहरूको अवस्था गम्भीर बनेको हो। अवस्था थप जटिल भएपछि उनीहरूलाई थप उपचारका लागि बाहिर पठाउने तयारी गरिएको छ।

उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर टीकापुर पुगेको छ। स्रोतका अनुसार प्रहरी जवानहरूलाई दुई–दुई जनाका दरले सुर्खेत लगिने र त्यसपछि ठूलो हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

पहिलो चरणमा दुई जना प्रहरी जवानलाई लिएर हेलिकोप्टर शुक्रबार बिहान १०ः४५ बजे टीकापुरबाट उडेको बताइएको छ।

पछिल्ला केही दिनयता टीकापुर क्षेत्रमा अत्यधिक गर्मी बढेको छ। दिउँसो तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने गरेको स्थानीयले बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय