२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

परराष्ट्र मन्त्रालयले विभिन्न देशमा अलपत्र अवस्थामा रहेका ६८७ नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिएको छ।

शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डका सीमा क्षेत्र तथा अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूमा फसेका नेपालीहरूको उद्धार गरी नेपाल फर्काइएको बताए।

मन्त्रालयका अनुसार पछिल्लो दुई सातामा मात्रै ७१ जना नेपालीलाई उद्धार गरिएको हो। अझै केही नागरिक उद्धार प्रक्रियामै रहेका छन्।

प्रवक्ता क्षेत्रीका अनुसार केही नेपाली कम्बोडियाका जेलमा रहेका छन्। उनीहरूको कानुनी सहायता उपलब्ध गराउन पहल भइरहेको मन्त्रालयले जनाएको छ। यस्तै म्यानमारमा रहेका नेपालीका लागि कैद मिनाहासम्बन्धी कूटनीतिक प्रयास जारी रहेको पनि उनले जानकारी दिए।

विदेशमा रहेका नेपालीलाई थप सहज सेवा दिन मन्त्रालयले ‘मोफा मित्र’ नामक मोबाइल एप ल्याउने तयारी गरेको छ। यो एप जेठ २२ गते सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार यस एपमार्फत विदेशमा रहेका नेपालीले परामर्श, आपतकालीन सहायता र अन्य कन्सुलर सेवामा सहज पहुँच पाउनेछन्।

त्यसैगरी व्यक्तिगत घटना दर्तासम्बन्धी कागजातहरूको अनलाइन प्रमाणीकरण प्रणाली पनि विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

नेपालको चिया निर्यातमा देखिएको अवरोध पनि समाधान भएको मन्त्रालयको दाबी छ। भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण देखिएको समस्या कूटनीतिक पहलपछि हटाइएको र नेपाली चियाको निर्यात सहज बनेको प्रवक्ता क्षेत्रीले बताए।

राहदानी विभागले नयाँ प्रणाली लागू गर्ने तयारी गरिरहेको पनि मन्त्रालयले जानकारी दिएको छ। असार अन्तिम सातादेखि नयाँ प्रणाली पूर्ण रूपमा लागू हुने र संक्रमणकालीन अवस्थाका कारण सेवाग्राहीलाई समयमै आवेदन दिन आग्रह गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय