२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तर कार्यक्रममा सहभागी गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा उपस्थित गराइने बताएका हुन्।

संसद् नियमावलीअनुसार संसद् सञ्चालन भइरहेको अवस्थामा प्रत्येक पहिलो साता प्रधानमन्त्री र सांसदबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था छ। यही व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरू लगातार दबाबमा छन्।

यसअघि पनि विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका थिए। केही दिनअघि चार विपक्षी दलका प्रमुख सचेतकहरूको अनौपचारिक बैठकले प्रधानमन्त्री उपस्थित नभए प्रतिनिधिसभाको बैठक फेरि अवरुद्ध गर्ने चेतावनी दिएको थियो।

हाल प्रतिनिधिसभाको बैठक जारी रहे पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिबारे स्पष्ट जानकारी मागिरहेका छन्। आकस्मिक, विशेष र शून्य समय सकिँदासम्म प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा आउने जानकारी नदिइए बैठक अवरुद्ध गरिने विपक्षीको तयारी रहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए।

उनका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा आउने निश्चित मिति सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीले प्रधानमन्त्रीलाई छिट्टै संसद्मा ल्याउने प्रतिबद्धता जनाए पनि ठोस मिति भने दिन सकेनन्।

दुलालले रास्वपाले सरकारसँग छलफल गरेर दुई घण्टाभित्र जवाफ दिने बताए पनि प्रधानमन्त्री कहिले संसद्मा आउने भन्नेबारे स्पष्ट समय नतोकिएको बताए।

‘हामी प्रधानमन्त्रीलाई ल्याउँछौँ भन्ने मात्रै भनिएको छ, तर कुन दिन प्रश्नोत्तरमा सहभागी गराइन्छ भन्ने स्पष्ट छैन,’ दुलालले भने।

यसैबीच विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित हुने दिनसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगन गर्न पनि माग गरेका छन्।

विपक्षीको भनाइमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने संवैधानिक र संसदीय अभ्यासलाई सरकारले बेवास्ता गर्न नहुने उल्लेख गरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय