२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरलाई वास्तविक र देखिने गरी उकास्न आफ्नो नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौंमा रहेका अन्य मुलुकका राजदूतहरूसँग संयुक्त भेटवार्ता भएको हो।

भेटका क्रममा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको आवश्यकता र सरकारलाई सुम्पिएको जिम्मेवारीप्रति आफू पूर्ण रूपमा सचेत रहेको बताएका छन्।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचन परिणामले सुशासन, समावेशी विकास र आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको उल्लेख गरे। साथै, नयाँ सरकार बने पनि नीतिगत निरन्तरता रहने स्पष्ट सन्देश दिएका छन्।

उनले भने, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नीति स्पष्ट, स्थिर र अनुमानयोग्य बनाउँदै लोकतान्त्रिक मूल्य र राजनीतिक स्थिरता कायम गर्न हामी प्रतिबद्ध छौँ।”

प्रधानमन्त्री शाहले सुशासन, समावेशी आर्थिक वृद्धि र जनताका लागि अवसर सिर्जनामा सरकार केन्द्रित रहेको बताए। उनले विश्व बजारसँग जोडिँदै लगानी आकर्षित गर्ने, प्रक्रिया सहज बनाउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने सरकारको प्राथमिकता रहेको पनि उल्लेख गरे।

त्यस्तै उनले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बन गर्दै आएको दोहोर्‍याए। “हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिमा आधारित छ,” प्रधानमन्त्री शाहले भने।

उनले नेपालका विकास साझेदार राष्ट्रहरूलाई निरन्तर सहयोगका लागि धन्यवाद दिँदै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल तयार रहेको बताए।

भेटमा प्रधानमन्त्री शाहले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पारिरहेको उल्लेख गर्दै शान्तिका लागि संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उक्त भेटमा इयू तथा अन्य देशका राजदूतहरूले नेपालमा हालै सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको भन्दै प्रशंसा गरेका थिए। उनीहरूले सुशासन र आर्थिक विकासको जनादेशसहित बनेको नयाँ सरकारलाई बधाई दिँदै विभिन्न क्षेत्रमा सहकार्य र लगानी गर्न आफूहरू तयार रहेको पनि बताएका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय