२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले गरिरहेको विरोधलाई सत्तापक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ‘तमासा’ भनेपछि संसद्मा तनाब सिर्जना भएको छ।

प्रधानमन्त्रीको जवाफदेहिता र संसद्मा उपस्थितिको माग गर्दै विपक्षी दलहरूले निरन्तर विरोध जनाइरहेका बेला सांसद खरेलले गरेको टिप्पणीपछि बैठक केहीबेरका लागि स्थगित भएको हो।

कार्यसूचीअनुसार पर्यटन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन रोस्टम पुगेका सांसद खरेलले आफ्नो मन्तव्य सुरु गर्दै विपक्षी दलमाथि टिप्पणी गरेपछि सदनमा स्थिति चर्किएको थियो।

खरेलको अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित बनेका थिए। कांग्रेस सांसद नरेन्द्रकुमार केरुङ रोस्टमतर्फ अघि बढ्न खोजेका थिए भने कांग्रेस प्रमुख सचेतक वासना थापाले उनलाई पछाडि हटाएकी थिइन्।

यसअघि पनि सभामुखले संसदीय मर्यादा विपरीतका शब्द प्रयोग नगर्न पटक–पटक रुलिङ गर्दै आएका थिए। अघिल्ला बैठकहरूमा पनि केही सांसदका विवादास्पद अभिव्यक्तिहरू संसदीय रेकर्डबाट हटाइएको थियो।

सांसद खरेलले भने आफ्नो सम्बोधनमा संसद्को कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए। उनले भने, “मलाई आज गहिरोसँग महसुस भयो। आठ वटा अध्यादेश सरकारले किन ल्याउनुपर्‍यो भन्ने कुरा बुझ्न सकिएको छ।”

उनले थपे, “२०७२ सालमा संविधान बनेपछि जति ऐन बन्नुपर्ने थियो, त्यो किन बन्न सकेन भन्ने कुरा आजको अवस्थाले देखाइरहेको छ।”

उनले विपक्षी दलका सांसदहरूतर्फ संकेत गर्दै ‘संसदीय तमासा’ भइरहेको टिप्पणी गरेका थिए। “संसदीय तमासा हामीले देखाइरहेका छौं, यो सधैं सकारात्मक मात्रै हुँदैन,” उनले भने।

खरेलले जनताका लागि कानुन बनाउने प्रक्रियामा सबै सांसद जिम्मेवार हुनुपर्ने बताउँदै प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर संसद्को काम अवरुद्ध गर्न नहुने प्रश्नसमेत उठाए।

उनको अभिव्यक्तिपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेका थिए। स्थिति नियन्त्रण बाहिर जान थालेपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय