२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सम्भवत: एक हप्ताभित्रै प्रतिनिधिसभामा उपस्थित हुने संकेत गरिएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री छिट्टै सदनमा आउने दाबी गरेको हो।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको संसद् उपस्थितिबारे जानकारी दिएका हुन्।

उनका अनुसार पहिलो बैठक स्थगित भएपछि विभिन्न दलसँग संवाद भएको र त्यसक्रममा प्रधानमन्त्रीको सचिवालयसँग पनि छलफल गरिएको थियो।

संसद्मा बोल्दै उनले भने, “प्रधानमन्त्रीको सचिवालयसँग पनि कुरा गरेँ, प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ। सम्भवत: एक हप्ताभित्रै सदनमा आउने जानकारी गराउँदछु।”

प्रधानमन्त्रीको संसद् उपस्थिति र प्रश्नोत्तरलाई लिएर पछिल्ला दिनमा राजनीतिक दलहरूबीच बहस चलिरहेको छ। यसैबीच रास्वपाले प्रधानमन्त्री छिट्टै संसद्मा आउने बताएको हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय