२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएको विरोधमा प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ बोल्दै साम्पाङले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्ने भए आफूलाई नै संसद्बाट निष्कासन गर्न सभामुखसँग माग गरेका थिए।

उनले संसद् नियमावलीअनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर सदनमा ल्याउनुपर्ने बताए।

“सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग हामीले धेरै गरे पनि प्रधानमन्त्री उपस्थित हुनुभएन। सभामुखले पनि रुलिङ गरेर उहाँलाई ल्याउन सक्नुभएन,” साम्पाङले भने।

उनले सभामुख डोलप्रसाद अर्यालसमक्ष दुईमध्ये एक निर्णय गर्न आग्रह गरे।

“प्रतिनिधिसभा नियमावली १५ (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सक्नुहुन्न भने नियमावली ३१ (१) लागू गरेर मलाई सदनबाट निष्कासन गर्नुहोस्,” उनले भने, “मेरा यी दुई मागमध्ये आज एउटा कार्यान्वयन हुनुपर्‍यो।”

साम्पाङले आफ्ना भनाइ राखेपछि सभामुख अर्यालले उनलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, त्यसपछि उनी सदन छाडेर बाहिरिएका हुन्।

संसद्बाट बाहिरिने क्रममा साम्पाङले आफूलाई “बदमास विद्यार्थी जस्तो देखिएको” टिप्पणी गर्दै असन्तुष्टि व्यक्त गरे।

“सदनको गरिमा यसरी कायम हुन सक्दैन। कि प्रधानमन्त्रीलाई ल्याउनु पर्‍यो, होइन भने तँ निस्केर जा भन्नु पर्‍यो। म बदमास विद्यार्थी जस्तो देखिएको छु,” उनले भने।

प्रधानमन्त्रीको संसद् उपस्थितिलाई लिएर पछिल्ला दिनमा सत्ता र विपक्षीबीच विवाद चर्किरहेका बेला साम्पाङको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय