२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

सरकारले निजी अस्पतालमा दिइँदै आएका स्वास्थ्य बीमासम्बन्धी नियमित सेवा बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार आगामी जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमाका सेवा बन्द रहनेछन्।

यो निर्णय जेठ ११ गते बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले गरेको बताइएको छ।

निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल र मेडिकल कलेजबाट सेवाग्राहीले पाउँदै आएका ओपीडी, प्रयोगशाला परीक्षण, शल्यक्रिया, औषधि वितरण तथा अन्य नियमित उपचार सेवा प्रभावित हुने भएका छन्।

यद्यपि आकस्मिक सेवा भने यथावत् सञ्चालन हुने बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म सेवाप्रदायक संस्थालाई करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ। लामो समयदेखि निजी अस्पतालहरूले स्वास्थ्य बीमावापतको रकम सरकारले समयमै नदिएको, दाबी रकम रोकिएको तथा प्रक्रियागत झन्झट बढेको गुनासो गर्दै आएका थिए।

बीमा कार्यक्रम अन्तर्गत सेवा कटौती भएपछि हजारौं बीमित नागरिक प्रत्यक्ष प्रभावित हुने देखिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय