२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित विशेष समारोहमा यस वर्ष कुनै पनि पूर्वप्रधानमन्त्री सहभागी भएनन् । राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू भने अनुपस्थित देखिए ।

हरेक वर्ष जेठ १५ मा मनाइने गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई निमन्त्रणा गर्ने परम्परा रहँदै आएको छ । कार्यक्रम व्यवस्थापन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयको समन्वयमा हुने गर्छ ।

गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेलले यस वर्ष पनि प्रोटोकलअनुसार सबै पूर्वप्रधानमन्त्रीलाई निमन्त्रणा पठाइएको दाबी गरेका छन् ।

उनले भने, “हरेक वर्षजस्तै यसपटक पनि सबै पूर्वप्रधानमन्त्रीज्यूहरूलाई निमन्त्रणा गरिएको हो, कसैलाई छुटाइएको छैन । तर समारोहमा उहाँहरूको उपस्थिति भएन ।”

अघिल्ला वर्षहरूमा नियमित रूपमा सहभागी हुने गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत यसपटक समारोहमा देखिएनन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल पनि कार्यक्रममा अनुपस्थित रहे । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने विदेश भ्रमणमा रहेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीको सचिवालयले भने सरकारले औपचारिक निमन्त्रणा नपठाएको दाबी गरेको छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डलाई ‘पूर्वप्रधानमन्त्री’को हैसियतमा नभई प्रतिनिधिसभा सदस्यको रूपमा निमन्त्रणा पठाइएको बुझिएको छ ।

प्रचण्डलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्ता आउने अपेक्षा गरिएको थियो तर पछि सांसदको रूपमा पठाइएको निमन्त्रणा पिजनहोलमा राखिएको भेटिएको बताइएको छ ।

यस वर्षको गणतन्त्र दिवस समारोहमा पूर्वप्रधानमन्त्रीहरूको सामूहिक अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । निमन्त्रणाको विषय, प्रोटोकल र राजनीतिक असन्तुष्टिलाई लिएर विभिन्न टिप्पणीसमेत सुरु भएका छन् ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय