२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डबारे निष्पक्ष र विश्वसनीय छानबिन गर्न माग गरेका छन्। उनले तत्कालीन गृहमन्त्री तथा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि आवश्यक बयान र जानकारी लिन सम्बन्धित निकायलाई सुझाव दिएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले पूर्वराजपरिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दरबार हत्याकाण्डबारे आजसम्म पनि धेरै नेपाली नागरिकका मनमा विभिन्न प्रश्न जीवित रहेको उल्लेख गरेका छन्।

शाहीले राजपरिवारले नै न्याय नपाएको देशमा सर्वसाधारण नागरिकले न्याय पाउने विषयमा समेत प्रश्न उठाएका छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन आवश्यक रहेको बताएका छन्।

उनले दरबार हत्याकाण्ड भएको समयमा देशको गृहमन्त्री रहेका व्यक्ति हाल राष्ट्रपतिको जिम्मेवारीमा रहेको उल्लेख गर्दै त्यसबेलाको परिस्थितिबारे उहाँसँग महत्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्ने बताएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा शाहीले सरकारलाई सम्बोधन गर्दै सत्यतथ्य पत्ता लगाउने उद्देश्यले राष्ट्रपति पौडेलसँग आवश्यक बयान लिने, जानकारी माग्ने वा छानबिन प्रक्रियामा सहयोगका लागि आग्रह गर्ने विषयमा सम्बन्धित निकायले विचार गर्नुपर्ने बताएका छन्।

शाहीले दरबार हत्याकाण्डको विषयमा अझै पनि धेरै जिज्ञासा र प्रश्न बाँकी रहेको उल्लेख गर्दै घटनाको वास्तविकता सार्वजनिक गर्न राज्यले गम्भीर पहल गर्नुपर्ने धारणा राखेका छन्।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय