२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को नयाँ दिल्लीस्थित केन्द्रीय कार्यालय पुगेका छन्। त्यहाँ उनको भव्य स्वागत गरिएको छ।

भाजपा मुख्यालय पुग्दा लामिछानेलाई पुष्पवृष्टिसहित स्वागत गरिएको थियो। भाजपा अध्यक्ष नितिन नविनले उनलाई फूलको गुच्छा प्रदान गर्दै स्वागत गरेका हुन्।

भ्रमणका क्रममा लामिछाने र नविनबीच भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ। दुवै नेताबीच समसामयिक राजनीतिक तथा आपसी चासोका विषयमा छलफल हुने जनाइएको छ।

भाजपा कार्यालयमा लामिछानेको स्वागतका लागि बाजागाजा बजाइएको थियो भने सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। नर्तकीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै अतिथिको स्वागत गरेका थिए।

कार्यक्रममा भारतमा रहेका नेपाली समुदायका सदस्यहरूको पनि उपस्थिति रहेको थियो। उनीहरूले लामिछानेलाई खादा ओढाएर सम्मान व्यक्त गरेका थिए।

पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने भाजपा अध्यक्ष नितिन नविनको निमन्त्रणामा नयाँ दिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

I prefer this response

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय