२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जुन ६ र ७ मा भारतको औपचारिक भ्रमणमा जाने भएका छन्।

भारतीय परराष्ट्रमन्त्री एस. जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री खनाल नयाँदिल्ली जान लागेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको टोली हाल भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री खनालको भ्रमण पनि तय भएको हो। यसलाई नेपाल–भारत सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री खनालको भ्रमण औपचारिक प्रकृतिको हुनेछ। भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य तथा साझा हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

भारत भ्रमणमा रहेका रास्वपा सचिवालय सदस्य दीपक बोहराले बीबीसी नेपाली सेवासँग कुरा गर्दै परराष्ट्रमन्त्री खनालको भ्रमणका क्रममा द्विपक्षीय हितका विषयलाई ‘चेकलिस्ट’ बनाएर अघि बढाइने बताएका छन्।

नेपाल–भारत सम्बन्धका विभिन्न आयाम, आपसी सहकार्य र कूटनीतिक विषयलाई केन्द्रमा राखेर भ्रमणका कार्यक्रम तय गरिएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय