२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा भएको भेटवार्तापछि नेपाल र भारतले तीनबुँदे संयुक्त घोषणा जारी गरेका छन्।

शनिबार साँझ सम्पन्न द्विपक्षीय भेटवार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा खेलकुदमार्फत दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।

वार्तापछि जारी गरिएको संयुक्त घोषणामा विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय समेटिएको छ। भारतीय पक्षले परराष्ट्रमन्त्री खनालसँग भएको फलदायी संवादको निरन्तरताका रूपमा तीनबुँदे घोषणा जारी गरिएको जनाएको छ।

घोषणाको पहिलो बुँदाअनुसार भारतले नेपालमा निर्माण सम्पन्न गरेका स्वास्थ्य संस्था र सांस्कृतिक सम्पदासम्बन्धी परियोजनाहरू औपचारिक रूपमा हस्तान्तरण गरेको छ। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण गरिएका ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा परियोजना भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएको हो।

दोस्रो बुँदामा सीमापार व्यक्तिगत विप्रेषण तथा डिजिटल भुक्तानीलाई सहज बनाउने सहमति भएको उल्लेख छ। यसअन्तर्गत भारतको यूपीआई (UPI) र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेस (NPI) बीचको आबद्धता संयुक्त रूपमा सुरु गरिएको छ।

त्यसैगरी तेस्रो बुँदामा भारतको ‘डिजिटल इन्डिया भाषिनी’ र काठमाडौँ विश्वविद्यालयबीच समझदारीपत्र आदानप्रदान गरिएको छ। नेपाली भाषासहित विभिन्न भाषाको ‘भ्वाइस–फस्ट’ अनुवाद प्लेटफर्म तथा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यसहित उक्त समझदारी भएको जनाइएको छ।

समझदारीपत्र आदानप्रदान कार्यक्रममा दुवै देशका विदेशमन्त्री साक्षी बनेका थिए।

यसअघि परराष्ट्रमन्त्री खनालले भारतका विभिन्न उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। भारत भ्रमण पूरा गरी उनी जेठ २४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय