२०८३ जेष्ठ २८ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षाका क्रममा विद्यार्थीबाट जफत गरिएका मोबाइल फोन नष्ट गरिएको घटनाले कानुनी तथा सार्वजनिक बहसलाई तीव्र बनाएको छ। कानुन व्यवसायीहरूले उक्त कदम कानुनी परीक्षणको विषय बन्न सक्ने बताएका छन् भने अभिभावकहरूले पनि निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

गत चैतमा सञ्चालन भएको एसइई तथा वैशाखको दोस्रो सातादेखि सञ्चालन भएको कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल फोन शुक्रबार जिल्ला प्रहरी कार्यालय सिराहाको परिसरमा पानीमा डुबाएर नष्ट गरिएको थियो।

नष्ट गरिएका सामग्रीमा सात वटा आइफोन, चार सय ८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्ट घडी रहेका छन्। ती सामग्रीको बजार मूल्य करिब एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

मोबाइल नष्ट गर्ने निर्णयप्रति अभिभावकहरूले आपत्ति जनाएका छन्। उनीहरूले विद्यार्थीलाई परीक्षा केन्द्रभित्र मोबाइल लैजान नदिन सम्बन्धित निकायले प्रभावकारी निगरानी गर्नुपर्ने भए पनि त्यसमा कमजोरी भएको बताएका छन्।

मोबाइल नष्ट गर्ने कदमलाई लिएर कानुन व्यवसायीहरूले पनि प्रश्न उठाएका छन्।  मोबाइल व्यक्तिको निजी सम्पत्ति भएकाले त्यसलाई नष्ट गर्ने निर्णय कानुनी परीक्षणको विषय बन्न सक्छ।

यता सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने जफत गरिएका मोबाइल व्यक्तिको गोपनीयतासँग जोडिएको विषय भएकाले नष्ट गरिएको बताएका छन्। उनका अनुसार ती मोबाइल लिलाम गर्न सकिने भए पनि अन्य व्यक्तिको हातमा पुगेपछि गोपनीयता भंग हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नष्ट गर्ने निर्णय गरिएको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलले राष्ट्रिय परीक्षा बोर्डको निर्देशन, प्रदेश सरकारको निर्णय तथा जिल्ला परीक्षा समन्वय समितिको निर्णयका आधारमा मोबाइल व्यवस्थापनका लागि गठित उपसमितिले नष्ट गर्ने निर्णय गरेको बताए।

मोबाइल व्यवस्थापनका लागि शिक्षा विकास तथा समन्वय एकाइ सिराहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। सोही उपसमितिको निर्णयअनुसार जफत गरिएका मोबाइल र स्मार्ट घडी नष्ट गरिएको जनाइएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय