२०८३ आश्विन १२ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ। फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमार्फत १९ रनले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

नेपाल अपराजित रहँदै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो।

फाइनल खेलमा हङकङले दिएको १८९ रनको लक्ष्य नेपालले वर्षाले प्रभावित खेलमा ११.३ ओभरमा २ विकेटको क्षतिमा ११४ रन बनाउँदा डीएलएस मेथडअनुसार विजयी घोषित भयो।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा ६५ रन जोडे। उनले ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित पौडेल २४ बलमा ३५ रन बनाएर नटआउट रहे।

हङकङका बलर आयुष शुक्ला र मोहम्मद घजानफारले एक–एक विकेट लिए।

त्यसअघि सिंगापुरस्थित सिङ्गा ओभल मैदानमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

हङकङका अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए भने शाहिद वसिफले ५५ र शिव माथुरले २६ रन जोडे। अन्य ब्याट्सम्यान भने ठूलो योगदान दिन सकेनन्।

नेपालका बलर शेर मल्लले ४ विकेट लिए। करण केसीले २ विकेट र सन्दीप लामिछानेले १ विकेट हात पारे।

प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट हङकङ र ओमान एसियन गेम्सका लागि छनोट भएका थिए।

आगामी एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुने छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय