
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। उनीहरू फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाने तयारीमा थिए।
सोमबार बिहान विदेश प्रस्थान गर्न लागेका नेम्वाङ र राईलाई अध्यागमन विभागले रोक लगाएको हो। अध्यागमन अधिकारीहरूका अनुसार दुवैको नाम विभागको ‘कालोसूची’ (ब्ल्याकलिस्ट) मा रहेकाले विदेश जान अनुमति दिइएको छैन।
एक अध्यागमन अधिकारीले भने, “उहाँहरू ब्ल्याकलिस्टमा रहेकाले विदेश प्रस्थान अनुमति दिइएन।”
घटनापछि दुवै अधिकारी विमानस्थलबाटै फर्किएका हुन्। उनीहरूलाई किन कालोसूचीमा राखिएको हो भन्ने विषयमा भने अध्यागमन विभागले सार्वजनिक रूपमा केही बताएको छैन।
एन्फा नेतृत्वलाई विदेश जान रोक लगाइएको विषय सार्वजनिक भएपछि फुटबल क्षेत्र र खेलकुद प्रशासनमा चासो बढेको छ। यसबारे एन्फा र सम्बन्धित सरकारी निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
