२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयलाई लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संसद्मा विपक्षी दलहरूको निशानामा परेका छन्।

संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकको सामग्रीमा परिवर्तन गरिएको भन्दै मंगलबार प्रतिनिधिसभामा तीव्र आलोचना भएको हो। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरू उठेर आपत्ति जनाएका थिए।

सभामुखले समय दिएपछि नेकपा एमालेका सांसद क्षितिज थेबेले आर्थिक विधेयक संसद्मा पेस भइसकेपछि करका दरमा हेरफेर गरिएको आरोप लगाए। उनले मन्त्रालयले सार्वजनिक गरेको विधेयक वेबसाइटमा कहिले अपलोड हुने र कहिले हट्ने अवस्था देखिएको भन्दै यसलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताए।

उनले अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने पनि माग गरे।

संसद्मा पेस गरिएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको संस्करणबीच फरक देखिएको छ। प्रारम्भिक विधेयक ४६४ पृष्ठको रहेकोमा पछिल्लो संस्करण ४४८ पृष्ठमा सीमित गरिएको पाइएको छ।

यसरी १६ पृष्ठ हटाइएको विषयले संसद् र सरकारबीच कानुनी प्रश्नसमेत उठाएको छ। संसदीय अभ्यासअनुसार संसद्मा दर्ता भइसकेको विधेयक संशोधन गर्न संसद्को औपचारिक स्वीकृति आवश्यक हुने जानकारहरूले बताएका छन्।

त्यसअनुसार संसद्मा पुगेको विधेयकमा परिवर्तन गर्नुपर्ने भए संशोधन प्रक्रिया अनिवार्य हुने उल्लेख गरिएको छ।

विपक्षी सांसदहरूले यसलाई गम्भीर ‘चलखेल’ भन्दै छानबिनको माग गरेका छन्।

नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले बजेट प्रक्रियामाथि उठेका प्रश्नलाई हल्का रूपमा लिन नहुने बताए। उनले कर र भन्सारका विषयमा मिलेमतो भएको आशंका सार्वजनिक रूपमा उठिरहेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरे।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय