२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

आजको मन्त्रिपरिषद् बैठकमा दुग्ध विकास संस्थान (डीडीसी) का विभिन्न उत्पादनहरू वितरण गरिएको छ।

बैठकका क्रममा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई डीडीसीका दूध, दही, पेँडा, केशर दूध, बटर, चिजलगायतका उत्पादनहरू प्याकेजमा उपलब्ध गराइएको थियो।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको संरक्षण, किसानको हित र संस्थानको सुदृढीकरणका लागि स्थानीय उत्पादनको प्रयोग र प्रवर्द्धन आवश्यक रहेको बताएकी छन्।

उनका अनुसार डीडीसीलाई प्रतिस्पर्धी र आत्मनिर्भर बनाउन सरकारले उपभोग र प्रवर्द्धनमा थप सहयोग गर्नुपर्ने आवश्यकता छ।

लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई यस कदमले थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सरकारी स्वामित्वको डीडीसी उत्पादनको प्रवर्द्धन गर्दै स्वदेशी वस्तुको उपभोग बढाउनुपर्ने सन्देश दिएका थिए।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय